बिहान नुहाउनुहुन्छ कि बेलुकी ? यो तपाईंको व्यक्तिगत रुचिको विषय हो । यद्यपि, प्रायः मानिस बिहान नुहाउन मन पराउँछन् । जुन स्वस्थ जीवनका लागि फाइदाजनक पनि हो । तर, तपाईंलाई यो कुरा सुन्दा अचम्म लाग्न सक्छ कि बिहानभन्दा बेलुकी नुहाउनु बढी फाइदाजनक हुन्छ । फिटनेस एक्सपर्ट वानिथा अशोकले बेलुकी नुहाउँदा फाइदा बताएकी छिन् ।
छालाको इन्फेक्सनबाट मुक्त हुन
प्रायः मानिसले बेलुकी हातखुट्टा सफा गरेर सुत्ने गर्छन् । यति मात्र नभएर सुत्नुअघि नुहाउनु निकै जरुरी भएको स्किन एक्सपर्टहरू बताउँछन् । खासगरी गर्मी मौसममा बेलुकी नुहाउँदा निक...