भेनेजुएलाको सरकार पक्षका प्रतिनिधि र विपक्षीका प्रतिनिधिबीच मेक्सिकोमा शान्ति वार्ता शुरु भएको छ । भेनेजुएलामा विगत लामो समयदेखि विपक्षीको हिंसात्मक प्रदर्शन तथा व्यापक मात्रामा विरोध जारी रहेकाले समाधान गर्न वार्ता शुरु भएको हो ।
सरकारका विरुद्धमा जारी रहेको सो विरोधका कारण आर्थिक तथा सामाजिक अवस्था नै तहसनहस भएको बताइएको छ ।