गण्डकी प्रदेशमा बिरामीले आगामी फागुन १ गतेदेखि निःशुल्क रगत पाउने भएका छन् । रक्त परीक्षण र अन्य खर्च गण्डकी प्रदेश सरकारले बेहोरिदिने भएपछि बिरामीले निःशुल्क रगत प्राप्त गर्ने भएका हुन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तयार पारेको रगत तथा रगतजन्य सेवा निःशुल्क व्यवस्थापन कार्यविधि, २०७८ गत सोमबार मन्त्रिपरिषद्बाट पारित भएसँगै अब बिरामीले रगतका लागि रकम तिर्नु नपर्ने भएको हो ।प्रदेशअन्तर्गतका सम्पूर्ण सरकारी तथा निजी अस्पतालमा रगत निःशुल्क गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एव