काठमाडौं– उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाका प्रहरी बल प्रमुख राजुनाथ पाण्डेको रिट खारेज गरिदिएको छ । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले आफूलाई गरेको निलम्बनविरुद्ध पाण्डेले दायर गरेको रिट उच्च अदालतले खारेज गरिदिएको हो । उच्चका न्यायाधीश डालबहादुर खड्का र दीपक खनालको संयुक्त इजलासले बुधवार पाण्डेको रिट खारेज गरिदिएसँगै उनी निलम्बनमै रहने भएका हुन् । पाण्डेलाई […]
वीरगञ्ज– जेन-जी आन्दोलनको घटनासम्बन्धी जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले भदौ २४ गते व्यक्तिगत तथा सार्वजनिक सम्पत्तिमा आगजनी तथा लुटपाटमा संलग्नलाई फौजदारी कानुन अनुसार कारबाही गर्नुपर्ने बताएका छन्। आयोगद्वारा आज यहाँस्थित जिल्ला प्रशासन कार्यालयमा आयोजित छलफलमा अध्यक्ष कार्कीले हातहतियार लुटपाट गर्ने र कारागारबाट भागेका कैदीबन्दीलाई कारबाही गर्न भने सरकारले अध्यादेशमार्फत कानुन बनाउनुपर्नेमा जोड दिए । ‘सरकारी […]
काठमाडौं– काठमाडौं महानगरपालीकाका ५६ हजार नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भएका छन् । मेयर बालेन्द्र शाह (बालेन)का अनुसार अहिलेसम्म ५६ हजार ६७३ जना महानगरबासी स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भएका हुन् । यसमा १३ हजार ५७५ जना ज्येष्ठ नागरिक, १ हजार ८५ जना अपाङ्गता भएका व्यक्ति, एचआइभी संक्रमित २ जनासहितका व्यक्ति छन्। आर्थिक वर्ष २०८१-०८२ मा महानगरपालिकाबाट १ […]
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो वित्तीय स्थायित्व, बलियो बजार स्थिति र समयमै वित्तीय दायित्व पूरा गर्ने क्षमताका आधारमा इक्रा नेपालबाट डबल ए माइनस क्रेडिट रेटिङ प्राप्त गरेको हो।
काठमाडौं। बुटवलबाट पाल्पाको म्यालढाप जाँदै गरेको भ्यान (इभी) दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। प्रहरीका अनुसार मृत्यु हुनेमा रैनादेवी छहरा गाउँपालिका १, सिद्धेश्वरका ३७ वर्षीय मुक्तबहादुर बुढाथोकी, सोही गाउँपालिका ४‚ अमलाबासका ३४ वर्षीय कमल रायमाझी र ४१ वर्षीय रामबहादुर गाहा छन्। पाल्पा रैनादेवीछहरा गाउँपालिका ४, पीपल भञ्ज्याङस्थित भित्री सडकखण्डमा बुधबार अपराह्न लु.प्र.०१-००१ज ००९१ नम्बरको भ्यान […]