स्थानीय तह निर्वाचनको प्रभावकारी सुरक्षा प्रबन्धबारे आज केन्द्रीय सुरक्षा समिति बैठकमा छलफल भएको छ । गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षमा सिंहदरबारमा भएको बैठकमा यही वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन अपनाउने रणनीतिबारे कुराकानी भएको हो । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले सुरक्षा निकायबाट बैठकमा उपस्थित हुनुभएका प्रमुख र प्रतिनिधिले निर्वाचनका …