काठमाडौं : विभिन्न बैङ्कको एटिएम बुथबाट अनाधिकृतरुपमा रकम झिकेको अभियोगमा प्रहरीले एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौं र दरबार मार्गको टोलीले मङ्गलवार काठमाडौंको ज्याठाबाट २९ वर्षीय चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको हो।
ज्याठामा रहेको मेगा बैङ्कको एटिएम बुथभित्र पसेर एटिएम मेशिन ह्याक गरी रकम झिक्न लाग्दै गर्दा चिनियाँ नागरिकलाई…