पर्साको बहुदरमाई नगरपालिकाका मेयर नितेन्द्रप्रसाद साहले वीरगन्जस्थित आफ्नो नवनिर्मित होटल आइसोलेसन सञ्चालनका लागि निःशुल्क रूपमा दिने घोषणा गरेका छन् । होटलभित्रै संक्रमितको उपचार चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोलीले गर्ने छन् । उपचार खर्च नगरपालिकाले बेहोर्नेछ ।