काठमाडौं, कात्तिक १२ । मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न काठमाडौं–६ मा सत्ता र प्रतिपक्षी गठबन्धनका उम्मेदवारहरू आमनेसामने भएका छन्। गठबन्धनको बलमा कांग्रेस नेता भीमसेनदास प्रधान आगामी परिणाम अझै सहजै आफ्नो पक्षमा पार्ने रणनीतिमा छन् भने नेपाल प्रहरीको जागिरबाट अवकाशपछि एमालेबाट उम्मेदवार बनेका सर्वेन्द्र खनाल परिणाम उल्टाउने कसरतमा जुटेका छन्। उनीहरूलाई […]