हाम्रो समाजमा विभिन्न एनजिओ आइएनजिओ मार्फत् तलब भत्ता र सेवा सुविधा लिएर आफूलाई सामाजिक अभियन्ताको परिचय दिनेहरुको कमी छैन । तर केही व्यक्तिचाहिँ विशुद्ध आत्मसन्तुष्टिका लागि नै समाजसेवामा लागिरहेका हुन्छन् । बुटवलका कृष्ण चौहान क्षेत्री यस्तैमध्येका एक हुन् ।१८ वर्षदेखि रक्तदान अभियानमा लागेका चौहानले सरदर ९० दिनमा एक पटक रक्तदान गर्दै आएका छन् । उनले रक्तदानलाई अभियानकै रुपमा अघि बढाउन संचालन गरेको स्वयंसेवी रक्तदाता समाज रुपन्देहीमार्फत् हजारौँ व्यक्ति लाभान्वित भएका छन् । २०६१ साल