गण्डकी प्रदेशमा आयोजना हुन लागेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता–२०७९ को मुल आयोजक समितिको पहिलो औपचारिक बैठकले प्रतियोगिताको सञ्चालन निर्देशिका जारी गरेको छ । काठमाडौंमा शुक्रबार बसेको मुल आयोजक समितिको औपचारिक बैठकले प्रतियोगिताको सञ्चालनका लागि निर्देशिका जारी गरेको हो ।प्रतियोगिता पोखरामा असोज २८ देखि कार्तिक ३ सम्म आयोजना गर्ने तालिका छ । त्यसका लागि राष्ट्रिय खेलकुद परिषद्ले लोगो र मस्कट पनि सार्वजनिक गरिसकेको छ । नवौंको मुल आयोजक समितिको अध्यक्षमा युवा तथा खेलकुदमन्त्री