कुखुरा व्यवसायी धुलो दूध किन्न तयार

कुखुरा व्यवसायीहरू नेपालमा उत्पादित धुलो दूध (एसएमपी) प्रयोग गर्न तयार भएका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले नेपालकै एसएमपी प्रयोग गर्न आग्रह गरेअनुसार कुखुरा व्यवसायीहरू उक्त निर्णयमा पुगेका हुन् । भारतबाट कमसल धुलो दूध ल्याइरहेका कुखुरा व्यवसायीहरूलाई नेपालमै उत्पादन भएर थन्किएको धुलो दूध खरिद गरी प्रयोग गर्न मनाउने अभिप्रायले कृषि मन्त्रालयअन्तर्गतको राष्ट्रिय दुग्ध विकास बोर्डले जेठ १ गते कुखुरा व्यवसायी तथा डेरी उद्योगीहरूसँग छलफल गरेको थियो ।