एएफसी महिला एसियन कप छनोट २०२२ अघि बंगलादेशसँग तय भएको २ मैत्रीपूर्ण खेल अन्तर्गत भोलि बिहीवार नेपालले भ्रमणकारी टोलीसँग पहिलो खेल खेल्दैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने खेलका लागि अखिल नेपाल फूटबल संघ (एन्फा) ले बुधवार पत्रकार सम्मेलन गरेर सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
प्रि–म्याच कन्फरेन्समा दुवै देशका प्रशिक्षक नजिता निकाल्न आत्मविश्वासी भएको प्रतिक्रिया जनाए । २ मैत्रीपूर्ण खेलका लागि बंगाली टोली सोमवार नेपाल आइपुगेको हो ।
उज्वेकिस्तानमा आयोजना हुने एएफसी महिला एसियन कप २०२२ छनोटअघ...