चाडपर्व मनाउँदा भिडभाड नगर्न मकवानपुर प्रशासनको आग्रह

चाडपर्व मनाउँदा भिडभाड नगर्न र स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउन जिल्ला प्रशासन मकवानपुरले आग्रह गरेको छ । प्रशासन कार्यालय मकवानपुरले शुक्रबार एक सूचना जारी गर्दै कोरोना संक्रमणको जोखिम कायम नै रहेका कारण चाडपर्व मनाउँदा भिडभाड नगर्न र स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन आग्रह गरेको हो ।मकवानपुरमा आगामी भदै १० गतेसम्म कोरोना संक्रमण न्यूनीकरणका लागि निषेधाज्ञा जारी गरिएकोले जिम्मेवार भएर निषेधाज्ञाको पालना गरि चाडपर्व मनाउन सबै नागरिकहरुलाई सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले आग्रह गरे