बेलायती राजकुमार फिलिपको अन्तिम संस्कार आज गरिँदै

काठमाडौं। गत शुक्रवार ९९ वर्षको उमेरमा निधन भएका महारानी एलिजाबेथ द्वितीयाका पति राजकुमार फिलिपको आज अन्तिम संस्कार गरिदैछ। अन्तिम संस्कारका लागि आवश्यक तयारी भइरहेको बेलायती सञ्चारमाध्यमले जनाएका छन्। अन्तिम संस्कारको औपचारिक शाही समारोह ब्रिटिश समयानुसार दिउँसो ३ बजे (नेपाली समयानुसार साँझ ७ः४५ बजे) विन्डसर कासल परिसरमा रहेको सेन्ट जोर्जेज् च्यापलमा हुनेछ।राजकुमार फिलिपको शव विन्डसर कासलस्थित प्राइभेट च्यापलमा राखिएको छ।