कोरोना भाइरसका कारण प्रभावित भएको होटेल क्षेत्रको व्यवसाय सुधारोन्मुख देखिन थालेको छ । उपत्यकाका साथै बाहिरका पर्यटकीय गन्तव्यहरूका होटेलहरूको अकुपेन्सीमा सुधार देखिन थालेको हो ।कोरोनाबाट थलिएको होटेल क्षेत्रको व्यवसाय क्रमिक सुधार भइरहेको होटेल व्यवसायीहरूले बताएका छन् । कोरोना तथा ओमिक्रोनको समयमा सरदर ५ प्रतिशतमा झरेको होटेल अकुपेन्सी अहिले ३५ प्रतिशतसम्म पुगेको छ । होटेल एशोसिएशन नेपाल (हान) की अध्यक्ष तथा अन्नपूर्ण होटेलकी कार्यकारी निर्देशक सिर्जना राणाले विगतको तुलनामा सुधार देखिएको