प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निजी क्षेत्रका उद्योगी÷व्यवसायीलाई मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको माहौल बनाउन आग्रह गरेका छन् । निजी क्षेत्रका नेतृत्वदायी सङ्गठन तथा व्यक्ति सहभागी ‘निजी क्षेत्रसँग अन्तक्र्रिया’ विषयक आज आयोगमा आयोजित कार्यक्रममा प्रमुख आयुक्त थपलियाले ‘व्यवसायिक सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत आफ्नो सूचना सम्प्रेषण संयन्त्रमार्फत आयोगका सूचना तथा सन्देश प्रवाह गरिदिन आग्रह गरे ।उनले आयोगको सामाजिक सञ्जालमा