एक मन्त्री र एक राज्यमन्त्रीसहित माओवादी केन्द्र प्रदेश २ सरकारमा सहभागी हुने, भोलि ३ बजे सपथ ग्रहण

जनकपुरधाम : प्रदेश नम्बर २ सरकारमा नेकपा (माओवादी केन्द्र)लाई पनि समावेश गरेर मन्त्रिपरिषद् विस्तारको तयारी थालिएको छ। माओवादी केन्द्रका संसदीय दलका नेता भरत प्रसाद साहका अनुसार भोलि दिउँसो ३ बजे सपथ ग्रहण कार्यक्रम राखिएको छ। उनले माओवादी केन्द्र एक महत्वपूर्ण मन्त्रालयसहित सरकारमा जान लागेको बताए। साहले आफू स्वयं मन्त्री र…

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीद्वारा सपथ

साउन २८, रुपन्देही । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।  नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा सम्मिलित गठबन्धनका तर्फबाट सरकारमा सहभागी भएका ६ जना मन्त्रीले प्रदेश प्रमुख अमिक शेरचनबाट सपथ ग्रहण गरेका हुन् । मुख्यमन्त्री कुलप्रसाद केसीसहित सात सदस्यीय मन्त्रिपरिषद्मा ग्रामीण तथा शहरी विकासमन्त्रीका रूपमा डिल्ली चौधरी, आर्थिक मामिला तथा योजना मन्त्रीकामा कृष्णध्वज खड्का र भौतिक पूर्वाधार विकास मन्त्रीका रुपमा सहसराम यादवले सपथ लिएका छन् ।  अजय शाही, सुमन शर्मा रायमाझी र पुर्मती ढेंगाले विनाविभागीय मन्त्रीको रुपमा सपथ लिएका छन् । विभागीय मन्त्रीले आजैदेखि कार्यभार सम्हाल्ने जानकारी दिइएको छ ।  कांग्रेसका चौधरी र माओवादीका कृष्णध्वज खड्का र जनता समाजवादी पार्टीका सहषराम यादव मन्त्री भएका हुन् । जनता समाजवादीका तर्फबाट ढेंगा र रायमाझीले मन्त्री पद पाएका हुन् । स्वतन्त्र सांसद शाहीले पनि मन्त्रीको शपथ लिएका छन् ।  संविधानको धारा १६८(२) अनुसार चार दलीय गठबन्धनको समर्थनमा प्रदेश प्रमुख शेरचनले केसीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । रासस

प्रदेश २ मा माओवादीका मन्त्रीले लिए शपथ

प्रदेश नम्बर २ मा नेकपा माओवादी केन्द्र सरकारमा सहभागी भएको छ । शनिबार माओवादीबाट मन्त्री भएका भरतप्रसाद साह र रुवी कर्णले पद तथा गोपनीयताको सपथ लिएका छन् । आन्तारिक मामिला तथा सञ्चारमन्त्रीको जिम्मेवारी पाएका साहलाई प्रदेश प्रमुख राजेश झा अहिराजले शपथ ग्रहण गराएका छन् भने राज्यमन्त्री बनेकी कर्णलाई मुख्यमन्त्री लालबाबु राउतले सपथ ग्रहण गराएका छन् । कर्णलाई पनि आन्तारिक मामिला तथा सञ्चार राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । नवनियुक्त मन्त्रीद्वयले शहीदको नाममा सपथ लिएका छन् । भाषाको विवादले