रामरिझन यादव फरक प्रकृतिका गज्जब व्यक्तित्व लाग्छन् । त्यस्तो लाग्नुका अनेक कारण छन् ।
पहिलो- वनपतिशास्त्रका प्राध्यापक, पञ्चायतकालमा नै उनी बिराटनगरमा पत्रकारिता गर्थे । त्यो पनि काठमाण्डौंका साप्ताहिकहरुका लागि सम्वाददाता भएर । तर, विस्तारै उनको व्यक्तित्व प्राध्यापकका रुपमा भन्दा पत्रकारकै रुपमा परिचित हुनथाल्यो । पत्रकारिताकै क्रममा उनले सामाजिकता र समावेशिताका मुद्दामा …