धरानमा बुधबारदेखि रोकिएको मतगणना आज बिहान ८ बजेदेखि हुँदै

धरान - धरान उप–महानगरपालिकाको मतगणना बुधबार दिनभर स्थगित भयो । वडा नम्बर २० को १८ वटा मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएपछि धरानमा स्थिति बिग्रिएको थियो । यस वडामा माओवादी केन्द्रका उम्मेदवार पराजित भएका थिए भने कांग्रेसका उम्मेदवारले वडाध्यक्षमा ४ मतले जितेका थिए । तर, निर्वाचन अधिकृतको कार्यालयले औपचारिक रुपमा घोषणा भने गर्न पाएको थिएन । ४ मतले आफूपछि परेको र १८ वटा मतमा अधिकांस माओवादी केन्द्रकै मत भएकाले पुनः मतगणना हुनुपर्ने माओवादीकाे अडान थियो । स्थिति उत्कर्षमा पुगेपछि नेपाली सेनासम...

सम्बन्धित सामग्री

सहारा बनेको छोरो बाकसमा फर्किंदा‍‍‍‍...

महेन्द्रनगर (कञ्चनपुर) । मुलुकभर दशैंको रौनक बढिरहेका आज बिहान कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ निम्बुखेडामा सन्नाटा छायो । टीकापुरस्थित सुदूरपश्चिम विश्वविद्यालयको कृषि क्याम्पसबाट ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका दीपेश विष्टको शव निम्बुखेडा पुगेपछि उनको परिवारसँगै सिङ्गो टोल शोकमा डुब्यो ।  छोराको मृत्युको खबरपछि अर्धचेत अवस्थामा दार्चुलाको लेकम गाउँपालिका–५ बाट महेन्द्रनगर झरेकी आमा पार्वती छोराको शव देखेपछि बेहोस भइन् । परिवार र आफन्त र टोलबासीका आँखा रसाए । ‘दीपेश पढाइमा सानैदेखि अब्बल थियो । सानैमा बुबा गुमाउँदा पीडा बिर्सेर अगाडि बढेको थियो, आमाका लागि बुढेसकालको सहारा थियो,’ छिमेकी सुरेश पालले भने, ‘परिवारको अवस्था सुधार गर्छु भनेर ढाडस दिइरहने ऊ आज बाकसमा फर्किंदाको स्थिति निकै दुःखदायी बनेको छ ।’ आइतवार धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा राखिएको दीपेशको शव आज बिहान ल्याइएको थियो । दार्चुलाको लेकम गाउँपालिका–५ घर भएका विष्ट परिवारको बसाइ अहिले भीमदत्त नगरपालिका– १५ मा समेत छ । दीपेश यही बसेर पढेका थिए । कक्षा १ देखि १० सम्म महेन्द्रनगरस्थित ग्लोबल एकेडेमीमा छात्रवृत्तिमा पढेका दिपेश निकै अब्बल विद्यार्थी भएको विद्यालयका प्रिन्सिपल सुरेन्द्रराज ओझाले बताए ।  ‘दीपेश र उनका भाई वसन्तराज दुवै छात्रवृत्तिमै कक्षा १० सम्म पढेका हुन्,’ दीपेशको मलामी महाकाली पुगेका प्रिन्सिपल ओझाले भावुक हुँदै भने, ‘अकल्पनीय घटनाले सबैलाई शोकमा डुबायो ।’ यहाँस्थित रेडियन्ट माध्यमिक विद्यालयबाट विज्ञान विषयमा प्लस टु पास गरेका दीपेशको सपना भाईलाई जसरी भए पनि डाक्टर बनाउने थियो । दीपेश चार वर्षको हुँदा बुबाको मृत्यु भएको थियो । शिक्षक पेशामा रहेका बुवा अशोक विष्टको क्यानसरबाट मृत्यु भएपछि दुई छोराको पालनपोषण आमा पार्वतीले गर्दै आइन् ।  आमा पावर्ती दार्चुलाको लटिनाथ माध्यमिक विद्यालयकी शिक्षिका छन् । दीपेशका भाइ वसन्तराज दाजुको सल्लाहअनुसार नै हाल बीपी प्रतिष्ठान, धरानमा एमबीबीएसमा अध्ययनरत छन् । विष्टको आज महाकाली नदी किनारमा अन्त्येष्टि गरिएको छ । इजरायल घटनामा मारिएका चार सुदूरपश्चिमका विद्यार्थीको शव आइतबार धनगढी पुर्‍याइएको थियो । रासस