याैनजन्य अपराधका घटनामा एक वर्षे हदम्याद हटाउन सांसद पाण्डेकाे माग

काठमाण्डाै – नेकपा एमालेकी सांसद विन्दा पाण्डेले बालिका तथा महिलामाथि हुने यौनजन्य अपराधका घटनामा एक वर्षभित्र उजुरी दिनुपर्ने कानुनी व्यवस्था तत्काल हटाउन सरकारसँग माग गर्नुभएको छ ।  सांसद पाण्डेले बालिकाहरूले आफूलाई त्यस्ता अपराधका घटना भएको भन्न सक्ने सहज वातावरण बन्न सात/आठ वर्ष कुर्नुपर्ने अवस्था रहेको देखिएको उल्लेख गर्दै यौनजन्य अपराधका घटनामा एक वर्षभित्र उजुरी दिनुपर्ने कानुनी व्यवस्था उचित नभएको बताउनुभयाे ।  एमाले निकट अखिल नेपाल महिला सङ्घले आज साेमवार काठमाण्डाैमा आयोजना गरेको एक कार्...