राष्ट्रिय दुग्ध विकास बोर्डले नेपालमा दुध उत्पादन बर्सेनि बढ्दै गएको जनाएको छ । बोर्डले विगत ६ वर्षको तथ्याङ्कका आधारमा नेपालमा दुध उत्पादन बर्सेनि बढेको जनाएको हो । बोर्डका अनुसार आर्थिक वर्ष २०७२/७३ मा नेपालमा १८ लाख ५४ हजार २४७ मेट्रिक टन दुध उत्पादन भएको थियो । आर्थिक वर्ष २०७३÷७४ मा दुध उत्पादन बढेर १९ लाख ११ हजार २३९ मेट्रिक टन पुगेको बोर्डको भनाइ छ ।यस्तै, आर्थिक वर्ष २०७४/७५ मा २० लाख ९२ हजार ४०३ मेट्रिक टन दुध उत्पादन हुँदा आर्थिक वर्ष २०७५/७६ मा बढेर २१ लाख ६८ हजार ४३४ मेट