काठमाडौँका केही स्थानमा चैत १५ गतेदेखि मेलम्चीको पानी खसालिएको छ । झन्डै २२ वर्ष लगाएर भए पनि मेलम्ची परियोजना सम्पन्न हुँदा जनतामा खुसी र उत्साह देखिन्छ । परियोजनाको केही काम बाँकी छँदै हतारमा उद्घाटन गरेको केपी शर्मा ओली सरकारले काठमाडौंका जनतालाई मेलम्चीको सपना देखाउने राजनेता कृष्णप्रसाद भट्टराई (किसुनजी) लाई भने सम्झन चाहेन । जनस्तरमा भने यतिबेला भट्टराईप्रतिको श्रद्धा र सम्मान फेरि ह्वात्तै चुलिएको देखिन्छ ।