रघुजी पन्तविरुद्ध मुद्दा दर्ता गर्न अदालत पुगिन् कोमल वली

काठमाडौं : राष्ट्रिय सभा सदस्य कोमल वलीले  एमालेका नेता रघुजी पन्तविरुद्ध मुद्दा दर्ता गरेकी छन्। वलीले पन्तविरुद्ध काठमाडौं जिल्ला अदालतमा  गाली बेइज्जती मुद्दा दर्ता गरेकी हुन्।  नेता रघुजी पन्तले दिएको अभिव्यक्तिका कारण आफ्नो चरित्र हत्या भएको र इज्जतमा दाग लागेको भन्दै कारबाहीको माग गरेकी छिन्।पन्तले २०७७ फागुन १५ गते काठमाडौंमा भएको कार्यकर्ता भेलामा  सम्बोधन गर्ने क्रममा ‘गोडा पिँडुला देखाउँदै पोइल जना पाम भने पछि सांसद बनाएको, पोइल जान पाम भने