सिमकोट – हुम्लाको उत्तरी नाँम्खा गाउँपालिकाको केन्द्रमा सञ्चालन भएको आँखा शिविरमा ६३ जना आँखाका बिरामीहरूको मोतिबिन्दुको सफल रूपमा शल्यक्रिया गरिएको छ। शिविरका लागि गाउँपालिकाको स्वास्थ्य शाखाले ७५ जना छनौट गरेको भएपनि ती मध्य ६३ जनाको शल्यक्रिया गरिएको हो। गाउँपालिकाका सूचना अधिकारी मोहनबहादुर शाहीले गउाँपालिका केन्द्र भएपनि दुर्गमको गाउँ याल्वाङमा पहिलो पटक सञ्चालन भएको आँखा शिविरबाट […]