दैनिक ५ हजार रुपैयाँ दिएर यौन धन्दामा लगाइएका १० जनाको उद्धार

चितवनको राप्ती नगरपालिका–७ स्थित एउटा होटलमा दैनिक पाँच हजार रुपैयाँ दिएर यौन धन्दामा लगाइएका १० जनाको उद्धार गरिएको छ ।साउन ११ गते उक्त ठाउँमा रहेको रक्षा होटलका सञ्चालकले होटलको केही टाढा घर भाडामा लिई महिला तथा बालबालिकालाई यौन धन्दामा लगाएको सुराकी पाएपछि ईलाका प्रहरी कार्यालय भण्डारा र थ्रि एन्जल्स् नेपाल हेल्पडेक्स लोथरको समन्वयमा १० जनालाई उद्धार गरिएको जनाइएको छ ।पीडित महिला तथा बालबालिकाले दैनिक पाँच हजार रुपैयाँका दरले रकम दिने कुराकानी भएअनुसार यौनधन्दा गर्दै आएको बताएको पनि थ्र