जिप दुर्घटनाका घाइते लिन आएको हेलिकोप्टर बस्न सकेन

कालिकोट जिल्लाको शान्नीत्रिवेणी गाउँपालिका २ अन्तर्गत कर्णाली करिडोरको आम्तडामा भएको जिप दुर्घटनाका घाइतेको उद्धारमा आएको हेलिकोप्टर खराब मौसमका कारण बस्न सकेको छैन । दुर्घटना लगतै आएको हेलिकोप्टर मौसमकै कारण दैलेखको ढुङ्गेश्वर गाउँपालिका भन्दा माथि आउन सकेन ।  आज फेरी आएको हेलिकोप्टर कालिकोटमा पुगेपनि अवतरण गर्न नसक्दा समस्या भएको छ । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले घटना लगतै हेलिकोप्टरको व्यवस्थापन भए पनि खराब मौसमले समस्या ल्याएको बत्ताउनुभयो । आफूले दुर्घटना भएको १० मिनेटमा कर्णाली करिडोरको दुर्घटना सामान्य छैन भनेर अनुमान गरी हेलिकोप्टरका लागि गृहमा पत्र पठाएर हेलि चाहिने भनेको र त्यही अनुसार हेलि तयार भएर आएपनि मौसमले गर्दा बीचबाटो बाटै फर्किनु परेकाले गाडी मार्फत बिरामीलाई जिल्ला अस्पतालमा ल्याएको बत्ताउनुभयो ।