गोताखोर तालिममा महिला प्रशिक्षार्थीलाई पनि सहभागी गराउन गृहमन्त्रीको निर्देशन

गत बैशाख २५ गतेदेखि जारी गोताखोर तालिम  सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा समापन गरिएको छ । शनिबार आयोजित एक कार्यक्रमका बीच गृहमन्त्री बालकृष्ण खाँणको प्रमुख आतिथ्यतामा तालिम समापन गरिएको थियो । दश जना प्रशिक्षक र २० जना प्रशिक्षार्थी सहभागी पाँच हप्ता लामो तालिम अन्तर्गत प्रशिक्षार्थीहरूलाई कोशी नदी, फेवाताल, कुलेखानीमा तालिम दिइएको थियो । समापन कार्यक्रममा माननीय गृहमन्त्री खाँणले विपद् सम्बन्धी सामान्य तालिम सम्बन्धित मन्त्रालयका मन्त्री, कर्मचारीहर