ट्रकले सिटी सफारीलाई ठक्कर दिँदा वृद्धाको मृत्यु

झापा : झापाको भद्रपुरमा ट्रकले सिटी सफारीलाई ठक्कर दिँदा भद्रपुर नगरपालिका ९ निवासी ६७ वर्षीया गायत्रीदेवी प्याकुरेलको मृत्यु भएको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए।प्रहरीका अनुसार भद्रपुर १० स्थित मेची राजमार्गअन्तर्गत चाराआली केचना सडक खण्डमा बिहीबार बिहान साढे ९ बजे मे१क २६७ नम्बरको ट्रकले मे१ख ६४५८ नम्बरको सिटी सफारीलाई ठक्कर दिएको थियो। ठक्करबाट सिटीमा सवार प्याकुरेल सडकमा लडेको र ट्रकको चक्काले कुल्चिएपछि उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।मृतक प्याकुरेल व्र

सम्बन्धित सामग्री

महिलाको मृत्युपछि घटनास्थल तनावग्रस्त

भद्रपुर (नेस) । झापामा ट्रकको ठक्करबाट सिटी सफारीमा सवार वृद्ध महिलाको मृत्युपछि चाराआली –चन्द्रगढी सडक खण्ड तनावग्रस्त बनेको छ । चाराआली चन्द्रगढी सडक खण्ड अन्तर्गत भद्रपुर नगरपालिका ९ स्थित चन्द्रगढी सामुदायिक वन कार्यालयको सडकमा ट्रकले सीटी सफारीलाई ठक्कर दिँदा सिटी सफारीमा सवार भद्रपुर ९ की ७५ वर्षीया गायत्रीदेवी प्याकुरेलको घटनास्थलमै मृत्यु भएपछि सो क्षेत्र तनावग्रस्त […]

ट्रकको ठक्करबाट महिलाको मृत्यु

मेची राजमार्गको भद्रपुर नगरपालिका– ९ चन्द्रगढी सामुदायिक वन कार्यालय अगाडि ट्रकले किचेर आज एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थान की ७५ वर्षीया गायत्री देवी प्याकुरेल रहेकी छिन् । भद्रपुरबाट चारआलीतर्फ जाँदै गरेको मे १ क २६७ नम्बरको ट्रकलेविपरीत दिशाबाट आउँदै गरेको मे१ह ६४५८ नम्बरको सिटी सफारीलाई ठक्कर दिँदा सिटी सफारीमा सवार गायत्री देवीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।     ट्रक, सिटी चालक नियन्त्रणमा रहेको र ट्रक चालक फरार रहेकाले खोजतलास भइरहेको सो ...