संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले ७ दिन भित्र सम्पुर्ण कमि कमजोरीलाई सुधार गरी विमानस्थलका हरेक कार्य चुस्त दुरुस्त बनाउन त्रिभुवन विमानस्थल व्यवस्थापनलाई निर्देशन दिएको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री भानुभक्त ढकालले आइतबार आकस्मिक रुपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गरी व्यवस्थापनलाई यस्तो निर्देशन दिएका हुन् । उनले विमानस्थल भित्रका पुर्वाधार निर्माण, मर्मत लगायत कुराले यात्रुहरुलाई दिनुपर्ने सेवामा ढिलासुस्ती भएको ,उनीहरुले प्रभावकारी सेवा पाउन नसकेकाले सेवा चुस्त दुरुस्त बनाएको अनुभव या...