नवलपुरको निर्वाचनमा दुई हजार चार सय कर्मचारी खटाइने

मङ्सिर ४ गते हुने सङ्घ र प्रदेश निर्वाचनमा नवलपुरमा दुई हजार चार सय बढी कर्मचारी खटिने भएका छन् । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरमा मङ्सिर ४ गते हुने निर्वाचनका लागि दुई हजार चार सय १६ कर्मचारी परिचालन गरिने जिल्ला निर्वाचन कार्यालय नवलपुरका प्रमुख लालप्रसाद शर्मा भुसालले जानकारी दिए।निर्वाचन सम्पन्न गर्नका लागि यहाँ रहेका हरेक मतदान केन्द्रमा मतदान अधिकृतसहित आठ जना कर्मचारी परिचालन हुने उनले बताए। जिल्लामा एक सय १३ मतदानस्थल र तीन सय दुई मतदान केन्द्र छन् । प्रत्येक मतदान केन्द्रमा आठ ज