साधारणसभा स्थगित गरिएकोमा ढकाल समूहको आपत्ति

नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं साधारणसभा स्थगित भएकोमा वरिष्ठ उपाध्यक्षका प्रत्याशी चन्द्रप्रसाद ढकालसहित पूर्वअध्यक्ष र पदाधिकारीहरुले आपत्ति जनाएका छन् । महासंघको बिहीबार बसेको पदाधिकारी बैठकले साउन २६ र २७ का लागि निर्धारित साधारणसभा स्थगित गर्ने निर्णय गरेको थियो । सो निर्णयप्रति ‘नोट अफ डिसेन्ट’ लेखेका ढकालसहित अर्का उपाध्यक्ष उमेश श्रेष्ठ तथा कोषाध्यक्ष निरक केसी र विशिष्ठ सदस्य तथा पूर्वअध्यक्ष चण्डीप्रसाद ढकालले कोरोनाको जोखिमको कारणले नभइ निर्वाचन परिणामबाट डराएर साधारणसभा रोक्ने निर्णय गरिएको बताए ।