काठमाडौं : प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले अफगानिस्तानमा रहेका नेपालीको अवस्थाबारे संसदमा जानकारी गराउन सरकारसँग माग गरेको छ। सोमबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै एमालेका सांसद गोकुल बास्कोटाले भने, 'एमालेजस्तो देशभक्त र जनताप्रति उत्तरदायी भएको पार्टी कुनै छैन। अफगानमा कति नेपाली छन् भन्ने अहिलेसम्म सरकारलाई थाहा छैन। परमादेशको सरकार दुनियाँभरि मादल बज्दा समेत बिउँझिएन।' झण्डै दुई तिहाइको क्षमता भएको सरकार गैरजिम्मेवार भएको आरोप लगाए। 'कुनै प्रतिबद्धताले पुग्द