मंसिरको अन्तिम साता अवैध रूपमा अमेरिका छिर्न हिँडेका दाङका २१ वर्षीय एक युवाको पेरुमा मृत्यु भएको खबर आयो । ज्वरो आउने र रुघा लाग्ने जस्ता लक्षण देखिए पनि ढिला गरी अस्पतालमा भर्ना भएका उनको त्यहीं मृत्यु भएको खबर पेरुका केही अखबारहरूले पनि प्रकाशित गरे ।