काठमाडौं ९ : श्रेष्ठलाई धमला र पाण्डेको चुनौती

प्रतिनिधिसभा निर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर ९ बाट निवर्तमान सांसद कृष्णगोपाल श्रेष्ठसँगै सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रकी कल्पना धमला र २०७४ को निर्वाचनमा तेस्रो स्थानमा रहेका साझा पार्टी नेपालका प्रमुख मिलन पाण्डे मुख्य प्रतिस्पर्धी देखिएका छन् । त्यसो त यो क्षेत्रमा राजनीतिक दल र स्वतन्त्र गरी २२ जनाले मनोनयन दर्ता गराएका छन् ।

सम्बन्धित सामग्री

काठमाडौं–९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी

काठमाडौं, ६ मंसिर । काठमाडौं–९ मा नेकपा (एमाले) का उम्मेदवार कृष्णगोपाल श्रेष्ठ विजयी भएका छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टेकबहादुर पोखरेललाई ९९५ मतको अन्तरले पराजित गरेका हुन् । विजयी श्रेष्ठले ११९५६ मत ल्याएका हुन् । निकटतम प्रतिष्पर्धी पोखरेलले १०९६१ मत ल्याए ।

काठमाडौं-९ मा एमालेका कृष्णगोपाल निर्वाचित

काठमाडौं– काठमाडौं-९ मा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठ ११ हजार ९५६ मत प्राप्त गर्दै विजयी भएका हुन् । श्रेष्ठका निकटतम् प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले १० हजार ९६१ मत प्राप्त गरे । त्यसैगरी सत्ता गठबन्धनकी उम्मेदवार नेकपा माओवादी केन्द्रकी कल्पना धमला ६ हजार ४०२ मत प्राप्त गरेकी थिइन् ।

काठमाडौं ९ बाट एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी

काठमाडौं ९ बाट नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी भएका छन् । एमालेको यो दोस्रो जित हो । यसअघि ललितपुर ३ बाट एमालेका प्रेमबहादुर महर्जन विजयी भएका थिए ।

काठमाडौं–९ मा सुर्य र घण्टीबीच कडा प्रतिस्पर्धा

काठमाडौं, ५ मंसिर । काठमाडौं–९ मा पछिल्लो मतपरिणाम अनुसार ४ हजार मत गन्दा नेकपा एमालेका कृष्ण गोपाल श्रेष्ठले अग्रता कायम राखेका छन् । एमालेका श्रेष्ठले ११४४ मत प्राप्त गरेर अग्रस्थानमा छन् । उनलाई पछ्याउदै राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले ११३५ मत प्राप्त गरेका छन् । सत्तागठबन्धनकी कल्पना धमलाले ५३५ मत ल्याएकी छिन् ।

काठमाडौं-९ को कोर सिटीमा सत्तारुढ गठबन्धन उम्मेदवारहरु बिहानैदेखि घरदैलोमा

काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि अब मात्र १४ दिन बाँकी छ। दल र उम्मेदवारहरुले चुनावी प्रचारप्रसारलाई तिब्रता दिइरहेका छन्। उम्मेदवारहरु बिहानदेखि साँझसम्मै घरदैलो कार्यक्रममा व्यस्त छन्। चुनावी चटारोबिच काठमाडौं प्रतिनिधिसभा क्षेत्र ९ मा सत्तारुढ गठबन्धनका उम्मेदवारहरुले आज घरदैलो गरेका छन्। काठमाडौं ९ (क) अन्तर्गत कोर सिटीमा पर्ने टेकु,…

काठमाडौं–९ बाट रिजालले दर्ता गराए स्वतन्त्र उम्मेदवारी

२३ असोज, काठमाडौं । काठमाडौं क्षेत्र नं. ९ मा सुनिल रिजालले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधिसभा सदस्यका लागि उनले काठमाडौं–९ बाट मनोनयन दर्ता गराएका हुन् । रिजाल कानूनी र आर्थिक पृष्ठभूमिका युवा हुन् ।

काठमाडौं-९ मा माओवादीले कल्पना धमलालाई उम्मेदवार बनायो

काठमाडौं, २३ असोज । नेकपा (माओवादी केन्द्र) ले काठमाडौं-९ मा कल्पना धमलालाई उम्मेदवार बनाएको छ । नेतृ धमला पूर्वमन्त्री हुन् । उनी धादिङको साविक क्षेत्र नं-२ बाट ०६४ को संविधानसभाको चुनावमा विजयी भएकी थिईन् । पछिल्लो समय उनी पार्टीमा स्वास्थ्य विभागमा कार्यरत छिन् । उनलाई सत्ता गठबन्धनको सहयोग रहेको छ । माओवादीले काठमाडौंमा पाएको तीनवटै […]

काठमाडौं ९ माओवादीले पूर्वमन्त्री धमलालाई दियो टिकट

२३ काठमाडौं, असोज । नेकपा माओवादी केन्द्रले काठमाडौं ९ बाट पूर्वमन्त्री कल्पना धमलालाई उम्मेदवार बनाएको छ । धादिङको साविक क्षेत्र नं. २ बाट पहिलो संविधानसभा सदस्य निर्वाचित धमला सोही क्षेत्रबाट दोस्रो संविधानसभा सदस्यमा पराजित भएकी थिइन् । धमला डा. बाबुराम भट्टराई नेतृत्व सरकारकी विज्ञान तथा प्रविधि मन्त्री हुन् । माओवादी पोलिटब्यूरो सदस्य रहेकी धमलासँगै माओवादी […]

काठमाडौं ९ मा हितमानले छाडे दाबी, ७ मा मानुषी

२२ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता हितमान शाक्यले काठमाडौं– ९ को टिकटमा दाबी छोडेका छन् । सत्ता गठबन्धनको भागवण्डामा माओवादीले स्थायी कमिटी सदस्य शाक्यका लागि भनेर काठमाडौं–९ लिएको थियो । उम्मेदवारी दर्ताको अघिल्लो दिन उनी उम्मेदवार बन्ने दौडबाट बाहिरिएका छन् । अब कल्पना धमला र शंकर दुलाल दौडमा छन् । दुलालको नाम माओवादी […]

काठमाडौं - ९ मा कांग्रेसबाट को-को भए सिफारिस ?

नेपाली कांग्रेस काठमाडौं - ९ ले उम्मेदवारको नामावली तय गरेको छ । नेपाली कांग्रेस काठमाडौं ९ क्षेत्रीय कार्यसमितिको बैठक  ले आगामी संघीय संसद प्रतिनिधि सभाको लागि प्रत्यक्षतर्फ ६ र समानुपातिकतर्फ ४ जना उम्मेदवारको सिफारिस गरेको हो ।उम्मेदवार सिफारिसका लागि बुधबार क्षेत्रीय कार्यसमिति, केन्द्रीय सदस्य, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि र प्रदेश क्षेत्रीय प्रतिनिधिहरु समेतको  संयुक्त बैठक बसेको थियो ।उक्त बैठकले प्रतिनिधिसभा प्रत्यक्षतर्फ क्षेत्रीय सभापति जयकृष्ण महर्जन, केन्द्रीय