दैलेखमा बस दुर्घटना अपडेट : मृत्यु भएका चार जनाको पहिचान खुल्यो

बुधबार राति दैलेखको आठबीस नगरपालिका–२ को सिस्नेमा भएको यात्रुबाहक बस दुर्घटनामा परि मृत्यु भएका चार जनाको पहिचान खुलेको छ  । मृत्यु हुनेमा दैलेखको दुल्लू नगरपालिका–९ का  ३६ वर्षीय काँशिराम पाण्डे र ३२ वर्षीय प्रेम सुनार रहेका छन् । यस्तै दुई जना कालिकोटका रहेका छन् । कालिकोटको पलाँता गाउँपालिका–३ का अन्दाजी ४६ वर्षीय ज्ञानबहादुर बम र ५५ वर्षीया धनकला शाही रहेको जिल्ला प्रहरी कार्यालय दैलेखमा प्रहरी प्रमुख भुवनेश्वर प्रसाद साहले रातोपाटीलाई जानकारी दिए । 

सम्बन्धित सामग्री

कपिलवस्तु बस दुर्घटना अपडेट: मृतक १० जनाकै सनाखत

काठमाडौं,३ फागुन । कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै आज बिहान भएको बस दुर्घटनामा मृत्यु भएका दशजनाकै पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक हरि वलीका अनुसार दुर्घटनामा मृत्यु हुनेहरूमा रौतहट औराही–३ का ४६ वर्षीय नारायणबहादुर भण्डारी, सल्यान सैनिक हल ३ बस्ने कालिजंग गण गोरुसिंगे, नेपाली सेनामा कार्यरत अर्जुनकुमार योगी र […]

बस दुर्घटना अपडेट : मृतकको सङ्ख्या १८ पुग्यो

काभ्रेपलाञ्चोक, २७ मङ्सिर (रासस) : काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ चलाल गणेस्थानमा आज साँझ ६ बजे बस दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या १८ पुगेको छ । बा ३ ख ४३८५ बस दुर्घटना हुँदा २१ घाइते भएका छन् ।  गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीका अनुसार हालसम्म मृतकको सङ्ख्या १८ पुगेको छ । बसमा ३९ सवार थिए । मृतकमध्ये १३ जनाको दुर्घटनास्थल तथा अन्य पाँचको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।  बनेपा नगरपालिका–११ बाट ब्रतबन्धका लागि बेथानचोक गाउँपालिका–५ स

बस दुर्घटना अपडेट : बाह्रको सनाखत

दुर्घटनामा परी १६ जनाको मृत्यु भएको र चार जनाको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक वामदेव गौतमले जानकारी दिए ।

बारा बस दुर्घटना अपडेट : मृतकको संख्या १५ पुग्यो

बारा :  पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ बस दुर्घटना हुँदा मर्नेको संख्या १५ पुगेको छ। दुर्घटनामा मृत्यु हुनेमा नौ पुरुष र छ महिला रहेका छन्। चितवनको नारायणगढबाट विरगञ्जतर्फ गइरहेको बागमती प्रदेश ०६–००१ ख ०११० नम्बरको बस सडकमा अनियन्त्रित भइ दुर्घटना भएको हो।दुर्घटनामा ३६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक बलराम श्रेष्ठले जानकारी दिए। गम्भीर घाइेतेको तीन जनाको उपचारका क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको हो।

बारामा बस दुर्घटना अपडेट : १६ जनाको मृत्यु

२० असोज, मकवानपुर । बारामा आज बिहान बस दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । हेटौंडा अस्पतालमा मात्रै १२ जनाको मृत्यु भएको छ । चुरेहिल अस्पतालमा २ जना, मकवानपुर सहकारी अस्पतालमा एक र चितवनमा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका इन्सपेक्टर बलराम श्रेष्ठले जानकारी दिए । मृतक सबैको सनाखत हुन बाँकी छ […]

भीमफेदी बस दुर्घटना अपडेट : मृतकको संख्या ७ पुग्यो

मकवानपुरको भीमफेदीमा मिनी बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ७ पुगेको छ ।  भीमफेदी गाउँपालिका वडा नम्बर- ६ जुरिखेतस्थित ना ३ ख ७८५८ नम्बरको मिनी बस काठमाडौंबाट वीरगन्जतर्फ जाँदै गर्दा दुर्घटना भएको थियो । सो स्थानको ११ घुम्तिस्थित सडकबाट ६० मिटर तल खस्दा सुमोसँग ठक्कर खान पुगेको थियो । दुर्घटना हुँदा ६ जनाको घटना स्थलमै मृत्यु भएको थियो भने एक जनाको उपचारका लागि हेटौंडा अस्पताल ल्याउने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक वामदेव गौतमले जानकारी दिए ।स

लघुवामा बस दुर्घटना अपडेट: ६ मृतक र १६ घाइतेको पहिचान खुल्यो

रिब्दीकोट–२, लघुवा पाल्पामा यात्रु बहाक बस दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ। लु १ ख ५९५२ नम्बरको बस दुर्घटना हुँदा १६ जना यात्रु घाईते भएका थिए।...

पाल्पा बस दुर्घटना अपडेट : ६ जनाको मृत्यु

पाल्पाको लघुवामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । ३ जना महिला र ३ जना पुरुषको मृत्यु भएको पाल्पाका एसपी जनकबहादुर शाहीले रातोपाटीलाई बताए ।बुर्तिबाङबाट बुटवलका लागी लुटेको लु.१ ख ५९५२ नम्बरको बस रिब्दिकोट गाउँपालिका–२ लघुवामा दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । बस सडकबाट २ सय मिटर तल खसेको छ ।

मलामी बोकेको बस दुर्घटना अपडेट : घुम्तीमा मोडिन नसक्दा खस्यो [तस्वीरहरू]

बुटवलबाट पाल्पाको रिडीतर्फ गइरहेको मलामी सवार बस दुर्घटना हुँदा ७ जनाको घटनास्थलमै मृत्यु भएको छ ।  शव बोकेर गएको बस पाल्पाको रिब्दीकोटमा दुर्घटना भएको हो । पाल्पा रिब्दीकोट-७ लगुनामा लु १ ख ७२७९ नम्बर बस दुर्घटना हुँदा ७ जना पुरुषको घटनास्थलमै मृत्यु भएको पाल्पाका डीएसपी रामेश्वर त्वातीले लोकान्तरलाई जानकारी दिए । दुर्घटनामा ८ जना गम्भीर घाइते भएका छन् । बसमा ३५ सवार थिए ।  घुम्तीमा बस मोडिन नसक्दा ७० मिटर तल खसेको प्रारम्भिक अनुमान गरिएको डीएसपी त्वातीले जानकारी दिए ।

सल्यान बस दुर्घटना अपडेट : १० जनाको सनाखत

सल्यानमा यात्रुबाहक बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । जिल्लाको दुल्धारा पोखराबाट दाङको तुलसीपुरका लागि छुटेको रा १ ख २५५२ नम्बरको बस कपुरकोट गाउँपालिका–५ खारखोलामा आज बिहान दुर्घटना भएको हो ।मृत्यु हुनेमा सल्यानको शारदा नगरपालिका–१२ हाल दाङको तुलसीपुर उपमहानगरपालिका–६ का ५३ वर्षीया प्रभा चलाउने, शारदा नगरपालिका–२ की ६१ वर्षीया मीना डाँगी, सल्यान शारदा नगरपालिका–३ की ६६ वर्षीया लीला बुढाथोकी, त्रिवेणी गाउँपालिका–१ काभ्राकी २४ वर्षीया मीना शाही रहेको जि