नेपाली काँग्रेसका नेता शेखर कोइरालाले पार्टीभित्रको आन्तरिक विवाद मिलाउन सकेको खण्डमा काँग्रेस सबैभन्दा बलियो पार्टी बन्ने दावी गरेका छन् । बिपी स्मृति सामुदायिक सहकारी अस्पतालको १४ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै १४ औं महाधिवेशनमा सभापतिका प्रत्यासी कोइरालाले गठबन्धन मात्रै भनेर अघि बढिरहे भारतको काँग्रेस (आई) को हालत हुन सक्नेतर्फ सचेत हुन जोड दिए । ‘‘एमाले र माओवादी विगतमा जस्तै फेरि पनि मिल्न सक्छन् तर गठबन्धन मात्रै गर्दा गर्दा काँग्रेस आइको हालत नहोला भन्न सकिन्न,&rs