सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसीलाई नियुक्त गरेको छ । भुवनले आज नियुक्तिको पत्र बुझ्दैछन् । केसीले बोर्ड अध्यक्ष बन्न गरेको दोस्रो प्रयासमा सफलता हात पारेका हुन् । यस अगाडि उनले नेकपा एमालेका अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा पनि बोर्ड अध्यक्षका लागि पहल गरेका थिए । उक्त पहल असफल भएपछि एमाले छोडेर काँग्रेस प्रवेश गरेका उनले सुरुमै महत्त्वपूर्ण जिम्मेवारी हासिल गरेका छन् ।भुवन बोर्डको अध्यक्षमा नियुक्त भएको समाचार बाहिर आएपछि सामाजिक सञ्जालमा भने उनको