पर्सा : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आगामी निर्वाचनमा माओवादी र नेकपा एकीकृत समाजवादीको दाबी गरेअनुसार तालमेल हुन नसक्ने प्रष्ट पारेका छन्। प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रतिनिधि र प्रदेशसभाको प्रदेशको निर्वाचनमा कांग्रेसका तीन सर्त माने मात्र चुनावी तालमेल हुनसक्ने बताए। उनले भने, ‘अब हामी प्रदेशको निर्वाचन र संघीय निर्वाचनमा होमिँदैछौँ। मलाई लाग्छ मंसिरको पहिलो हप्तामै निर्वाचन हुन्छ भन्ने मलाई विश्वास छ। त्यसमा कांग्रेसलाई कम क्षति हुनेगरी क