पार्टी संस्थापन पक्षले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको उम्मेदवारी चयनमा एकलौटी गरेको भन्दै नेता शेखर कोइराला पक्षले आपत्ति जनाएको छ । शनिबार काठमाडौंमा खबरदारी सभाको आयोजना गरी कोइराला पक्षका नेताहरुले सो निर्णय नच्याएपछि पार्टी भित्र विद्रोह गर्न बाध्य हुने चेतावनी समेत दिएका हुन् । सभाका बोल्दै नेता गुरु घिमिरेले पार्टीमा सबैलाई न्याय हुनेगरी आगामी निर्वाचनको टिकट वितरण नभए आफूहरु विद्रोह गर्न बाध्य हुने चेतावनी दिए। उनले समानुपातिकतर्फको टिकट वितरणको सूची तत्काल