पहिरोले मुहान बगाउँदा खानेपानी लिन एक घन्टाको यात्रा

व्यास नगरपालिका–१४ मा रहेको डुम्रैवेशी कुलुङ्ग खानेपानीको मुख्य मुहान पहिरोले बगाउँदा स्थानीय बासिन्दा खानेपानीबाट बन्चित भएका छन् । गत असार १७ गते परेको अविरल वर्षा पछि आएको पहिरोले खानेपानीको मुहानसँगै पानी जम्मा गर्ने ट्यांकी र त्यससँग सम्बन्धित उपकरणहरु बगाएपछि कुलुङ्ग आसपासका बासिन्दाहरु खानेपानीको सेवाबाट बन्चित भएका हुन् । ७० घरधुरीले प्रयोग गर्ने उक्त खानेपानीको श्रोत नै अवरुद्ध हुँदा निकै अप्ठ्यारो भएको खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष तरबहादुर थापाले बताउनुभयो । खानेपानीको समस्या भएपछि घण्टौ लगाएर टाढाको कुवावाट पानी लिन जानु परेको र जसले गर्दा दैनिकी नै खानेपानीको गुजारा गर्नमा बित्ने गरेको थापाले बताउनुभयो । २०७१ सालमा नेपाल सरकारको ६८ लाखको लगानी र जनश्रमदानबाट बनेको उक्त खानेपानी आयोजनाको ट्यांकीको लिफ्टिङ्गमा आवश्यक पर्ने उपकरण र विद्युतीय सामाग्री, पानी जम्मा गर्ने ईनटेन्क, फिल्टर सिस्टम, पानी लिफ्टिङ्ग गर्नका लागि प्रयोग भएको विद्युतीय पोल समेत बगाउँदा लामो समयदेखि स्थानीयहरु खानेपानी प्रयोग गर्न नपाएको खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष थापाले बताउनुभयो ।

सम्बन्धित सामग्री

काठमाण्डाै उपत्यकाभित्रका सफा खानेपानीका मुहान ! (फाेटाेफिचर)

काठमाण्डाै - काठमाण्डाै उपत्यकामा मुहान वरपर फाेहर हुँदा सफा खानेपानी पाउनै मुस्किल छ । अझै काँठ क्षेत्रभित्रका बाक्ला बस्तीमा सफा पानीकाे मुहान देख्नै गाह्राे छ । तर, काठमाण्डाैको सहरी बस्तीबाट केही टाढा भने सफा खानेपानीका मुहान देख्न सकिन्छ ।  सुन्दरीजलमा रहेकाे बाग्मती नदीको मुहान, भक्तपुरको मुहान पोखरी, ललितपुरको कर्मनासा झरनाको मुहान, काठमाण्डाै बैडेश्वर झरनाको मुहान, ललितपुर बाँडेगाउँको झरनाको मुहान, काठमाण्डाै टोखामा रहेकाे झरनाको मुहान र भक्तपुरको खरिपाटी...

मेलम्ची खानेपानी मुहान जाने सडक बाढीले अवरुद्ध

३० साउन, सिन्धुपाल्चोक । मेलम्ची खानेपानी आयोजनाको मुहान अम्बाथान जाने बाटो बाढीले अवरुद्ध बनाएको छ । लगातारको वर्षाले हेलम्बु राजमार्गका विभिन्न स्थानमा सडकमा क्षति पुर्याएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए । मेलम्ची खोलामा आएको बाढीका कारण हेलम्बु गाउँपालिकाको ढुङ्गेबजारबाटै सडक सञ्जाल टुटेको र कतिपय बस्ती, सार्वजानिक संरचना, खेतीयोग्य जमिनसमेत उच्च जोखिम भएको […]

खानेपानीको मुहान संरक्षण गर्न धनकुटामा वृक्षारोपण अभियान

धनकुटामा खानेपानीको मुहान संरक्षणका लागि वृक्षारोपण अभियान सुरु गरिएको छ। धनकुटा नगरपालिका खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको अगुवाइमा निबुवा तांखुवा जलाधार मूलाधार क्षेत्रमा वृक्षरोपण अभियान थालिएको हो। मुहान क्षेत्रको संरक्षण गर्दै...

बाढीपहिरोले मुहान बगाउँदा खानेपानी समस्या

फुङ्लिङ, ६ असार । बाढीपहिरोले मुहान बगाएपछि ताप्लेजुङको विभिन्न गाउँमा अहिले खानेपानी समस्या भएको छ । निरन्तर वर्षासँगै आएको बाढीपहिरोले खानेपानी आयोजनामा क्षति पु¥याउँदा सर्वसाधरणले दूषित खानेपानी पिउन बाध्य छन् । खानेपानीको पाइप, धार र पानीको स्रोतसमेत बाढीपहिरोले बगाउँदा ताप्लेजुङको सिदिङवा गाउँपालिका—७ सुरूमखिम गाउँमा सर्वसाधरणले दूषित खानेपानी पिउन बाध्य भएका छन् । पहिरोको कारण खानेपानीको […]

मेलम्ची खानेपानी मुहान पुगे प्रकाशमान सिंह

तेम्बाथान : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह मेलम्ची खानेपानी मुहान तेम्बाथान आइपुगेका छन्। काठमाडौं १ बाट निर्वाचित भएपछि सिंह बिहीवार बिहान सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा रहेको खानेपानी मुहानमा आइपुगेका हुन्। मुहान निरीक्षणका क्रममा उनलाई खानेपानी आयोजनाका कार्यकारी अधिकृत कमलराज श्रेष्ठले खानेपानी आयोजनाबारे ब्रिफिङ गरेका थिए। भ्रमणमा काठमाडौं १ को ‘क’बाट निर्वाचित…

मान्म बजारको फोहोर जति जङ्गलमा,खानेपानी मुहान समेत दुषित

बजार क्षेत्रको अधिकांश फोहोर ओक्डेनि क्षेत्रमा फाल्नाले सियालाका स्थानीयको खानेपानी मुहान समेत दुषित हुनुका साथै स्थानीयलालाई दुर्गन्धले आवत–जावत गर्न समेत समस्या हुने गरेको स्थानीयले बताएका छन्।...

सेनाको सहयोगमा खानेपानी मुहान सरसफाइ

पर्वत । हिउँपहिरोमा क्षतिग्रस्त भएको मुस्ताङको नाउरीकोटको खानेपानी मुहान सेनाको सहयोगमा खानेपानी उपभोक्ताले सफाइ गरिरहेका छन् । गत कात्तिक २८ गते मुस्ताङको धौलागिरि क्षेत्रको मानापाथी हिमालबाट खसेको भीषण हिमपहिरोले विगत एक महिनादेखि अवरुद्ध खानेपानी मुहानको हिउँ हटाउन थालेएको हो । नेपाली सेनाको जोमसोमस्थित बज्रदल गणको टोलीले हिउँ पन्छाउने र खानेपानी सुचारु गर्न थालिएको थासाङ गाउँपालिकाका […]

बाढीपहिरोले क्षतिग्रस्त मेलम्चीको मुहान पुनः सडक सञ्जालसँग जोडियो

बाढीपहिरोका कारण क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको मुहान पुनः सडक सञ्जालसँग जोडिएको छ । मेलम्ची बजारदेखि आयोजनाको मुहानसम्म अस्थायी सडक र पुल निर्माण गरी सञ्चालनमा ल्याइएको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ । गत असार १ गते आएको बाढीपहिरोका कारण सडक र पुल बगाउँदा मेलम्चीको मुहान सडकमार्गबाट सम्पर्कविच्छेद भएको थियो । बाढीले आयोजना स्थलसम्म पुग्ने ६ किलोमिटर सडक र ५ वटा पुल बगाएको थियो । मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले मेलम्चीको मुहान स्थलसम्म पुग्न अस्थायी रूपमा सडक र पुल निर्माण गरी सञ्...

मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रसँग सम्पर्कविच्छेद

काठमाडौं, साउन १८ । आइतवार बिहान हेलम्बुको भेम्राथाङबाट आएको भीषण बाढीका कारण सडक र पक्की पुल बगाउँदा मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रसँग सम्पर्कविच्छेद भएको छ । बाढीले हेलम्बुस्थित चनौटेको रातो पुल बगाएको छ । मेलम्ची खानेपानी आयोजनाको मुहानस्थलसम्म जाने यो पुल बगाएपछि अब आयोजनाको कामसमेत ढिला हुने भएको छ । मेलम्ची ७ र ८, पाँचपोखरी […]

पानी आपूर्ति बढाउन मुहान मर्मत गर्दै खानेपानी बोर्ड

धरान, बैशाख १४। भूमिगत पानी पर्याप्त नभएपछि धरान खानेपानी बोर्ड सतहको पानीका मुहान मर्मतमा जुटेको छ । खानेपानी संस्थानलाई बोर्डमा मर्ज गरेपछि पनि धरानमा खानेपानीको अभाव चुलिएपछि उपभोक्ता बोर्डको विरोधमा उत्रिएका थिए । भूमिगत स्रोतबाट मात्र पानी खुवाउन नसकेपछि बोर्ड अहिले मुहान ममर्तमा केन्द्रित बनेको हो । सुक्खा मौसम भएकाले भूमिगत पानी करबि ५० प्रतिशत […]