काठमाण्डाै – अफगानिस्तानबाट अमेरिकी सेना पूर्ण रूपमा फिर्ता भएका छन् । योसँगै अफगानिस्तानमा २० वर्षसम्म चलेको सैन्य मिसन पनि अन्त्य भएको छ । काबुलमा रहेका अमेरिकी राजदूत रस विल्सन र त्यहाँ रहेका अमेरिकी कमान्डर जनरल क्रिश डोनाह्यु अन्तिम उद्धार उडानमा सहभागी भएका बीबीसीले जनाएको छ ।
अमेरिकाले पछिल्ला केही हप्तामा झन्डै ८० हजार व्यक्तिको उद्धार गरेको सेना फिर्ती अभियानको सुपरीवेक्षण गर्नुभएका जनरल फ्रयाङ्क मकेन्जीले बताउनुभएको छ । गएको अगस्ट १४ मा तालिबानले काबुल नियन्त्रणमा लिएपछि त्यहाँ फसेका आफ्ना नागरिक ...