कोभिडको प्रभाव मूल्यांकन नगर्दा त्रिविको क्यालेन्डर भद्रगोल

त्रिभुवन विश्वविद्यालयले कोभिड–१९ महामारीको प्रभाव मूल्यांकन गरेर नयाँ क्यालेन्डर जारी गर्न नसक्दा शैक्षिक तालिका भद्रगोल भएको छ । २०७६ सालमा भर्ना भएका स्नातक तह प्रथम वर्षको परीक्षा हुन सकेको छैन तर कक्षा १२ पास गरेका विद्यार्थीको धमाधम भर्ना लिइँदै छ ।