काठमाडौं : सरकारले सन् २०२३ देखि २०३३ सम्म एक दशकलाई नेपाल भ्रमण वर्ष घोषणा गर्ने भएको छ। आइतबार संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले एक कार्यक्रम सञ्चालन गर्दै सो कुराको जानकारी दिएको हो। जानकारी दिएको संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री मन्त्री जीवनराम श्रेष्ठले पर्यटन पुनरुत्थानका लागि सरकारले दीर्घकालीन योजना सार्वजनिक गरेको बताए। यस अघि एक वर्षलाई पर्यटन वर्ष अर्थात नेपाल भ्रमण वर्ष घोषणा गर्दै आएको थियो