पारा ओलम्पिक २०२२ मा रसिया र बेलारुसमाथि प्रतिबन्ध

काठमाडौँ । चीनको बेइजिङमा हुने शीतकालीन पारा ओलम्पिक २०२२ का प्रतिस्पर्धाबाट रसिया र बेलारुसलाई प्रतिबन्ध लगाइएको छ। रसिया र युक्रेन द्वन्द्वका कारण उनीहरुको सहभागितामा प्रतिबन्धन लगाएको अन्तर्राष्ट्रिय पारालिम्पिक समितिले जनाएको छ। बेइजिङ पारालिम्पिकको उद्घाटन शुक्रवार हुँदैछ भने प्रतिस्पर्धाहरू शनिबारबाट हुनेछन्। यसअघि फिपाले पनि रसियाको फुटबल टोलीलाई निलम्बित गरेको थियो।