नाफाको पहिलो दृष्टान्त चित्रकला कार्यशाला : 'अनाम'मा रवीन्द्र र 'अरनिको'मा कृष्णगोपाल उत्कृष्ट चित्रकार

काठमाडौं : नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान(नाफा)ले आयोजना गरेको दृष्टान्त चित्रकला कार्यशालाबाट दुईजना उत्कृष्ट चित्रकार छानिएका छन्। शुक्रवार प्रतिष्ठानको प्राँगणमा आयोजित समापन कार्यक्रममा प्रतिष्ठानले दुई जनाको नाम सार्वजनिक गरेको हो। यसरी छानिएका दुई जना चित्रकारमा पहिलोपोस्टका कार्टुनिस्ट रवीन्द्र मानन्धर र कान्तिपुर दैनिकका कार्टुनिस्ट कृष्णगोपाल श्रेष्ठ रहेका छन्। दुबै जना चर्चित चित्रकार हुन्।…