चिसीएको नेपाल–भारतबीचको सम्बन्ध सुधार्न कूटनीतिक पहलमार्फत उच्चस्तरीय वार्ता गर्न विज्ञहरुले सुझाएका छन्। उनीहरुले नेपाल–भारत सिमानामा रहेको नेपालको भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानीबाट भारतीय सैनिक फिर्ता पठाउनुपर्ने र दुई देशबीचमा भएको समस्यालाई कूटनीतिक पहलमार्फत समाधान गर्नुपर्नेमा जोड दिएका छन्।