कैलाश गाउँपालिकामा तिलगंगाले सामुदायिक आँखा केन्द्र सञ्चालन गर्ने

१२ फागुन, हेटौंडा । चेपाङ र तामाङ समुदायको बाहुल्यता रहेको मकवानपुरको विकट कैलाश गाउँपालिकामा तिलगंगा आँखा प्रतिष्ठानले सामुदायिक आँखा केन्द्र सञ्चालन गर्ने भएको छ । केन्द्र सञ्चालनका लागि बिहिबार तिलगंगाा आँखा प्रतिष्ठान र गाउँपालिकाबिच सम्झौता पत्रमा हस्ताक्षर भएको गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले बताए। तिलगंगा आँखा प्रतिष्ठान हेटौंडा सामुदायिक आँखा अस्पतालका व्यवस्थापक सुधिर श्रेष्ठ र कैलाश […]

सम्बन्धित सामग्री

राप्ती–सोनारी ग्रामीण आँखा केन्द्र सञ्चालन

बाँकेको दुर्गम मानिने राप्ती सोनारी गाउँपालिका र सो वरिपरिका क्षेत्रका सर्वसाधारणको आँखा उपचारलाई सहज र सरल बनाउने उद्देश्यले राप्ती सोनारी गाउँपालिकामा ‘राप्ती सोनारी ग्रामीण आँखा केन्द्र’ सञ्चालनमा आएको छ ।

मकवानपुरको कैलाशमा ग्रामीण आँखा केन्द्र सञ्चालन

मकवानपुर जिल्लाको विकट क्षेत्र कैलाश गाउँपालिकामा बुधबारबाट ग्रामीण आँखा केन्द्र सञ्चालनमा आएको छ।  पालिकाको वडा नम्बर ३ कालिकाटारमा स्थापन गरिएको केन्द्रको बुधबार एक कार्यक्रमकाबीच गाउँपालिकाका अध्यक्ष लोक बहादुर मोक्तानले उद्घाटन गरेका...

सुनछहरी गाउँपालिकाद्वारा आँखा केन्द्र सञ्चालन

रोल्पा, २० चैत । सुनछहरी गाउँपालिकामा विभिन्न सहयोगी निकायसँगको सहकार्यमा ग्रामीण आँखा केन्द्र सञ्चालनमा ल्याइएको छ । द फ्रेड हलोज फाउण्डेशनको सहयोगमा नेपाल आँखा कार्यक्रम तिलगङ्गाको सहयोग र सामुदायिक आँखा केन्द्र रोल्पाको सहकार्यमा आँखा केन्द्र स्थापना भएको हो । केन्द्र स्थापनाको अवसरमा केन्द्रले निःशुल्क आँखा जाँच तथा औषधि वितरण गरेको थियो । जसमा कूल ५३ […]

खरानीटारमा ग्रामीण आँखा केन्द्र सञ्चालन

नुवाकोटको तादी गाँउपालिका–३ खरानीटारमा ग्रामीण आँखा केन्द्र सञ्चालनमा आएको छ । तिलगङ्गा आँखा प्रतिष्ठान र जिल्ला सामुदायिक आँखा केन्द्र नुवाकोटको समन्वय तथा तादी गाउँपालिकाको सहयोगमा सो केन्द्र सञ्चालनमा ल्याइएको हो ।

ग्रामीण आँखा केन्द्र सञ्चालन

दोलखा जिल्लाको तामाकोशी गाउँपालिकामा ग्रामीण आँखा केन्द्र सञ्चालनमा आएको छ । सो गाउँपालिका–४, मालुमा स्थापना गरिएको केन्द्रको मङ्गलबार गाउँपालिकाका अध्यक्ष प्रोेणप्रताप केसी र उपाध्यक्ष सिर्जना सुवेदीले संयुक्त रूपमा उद्घाटन गर्नुभएको हो ।