आफूनिकट मुख्यमन्त्री हटाउने गरी प्रदेशमा गठबन्धन बन्ने क्रम शुरू भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी (जसपा) को पूर्व राजपा धारलाई आफूतिर तान्न सक्रियता बढाएका छन् ।
जसपाका माग सम्बोधन गर्न उनी लचिलोसमेत देखिएका छन् ।
जसपा स्रोतका अनुसार निलम्बित सांसद रेशम चौधरीलाई अदालती प्रक्रियाबाट र अन्य नेता–कार्यकर्तालाई ‘फास्ट ट्रयाक’बाट रिहा गर्न ओलीले चाहेका छन् । उनले सरकारलाई समर्थन जनाउन आग्रह गरेका छन् ।
प्रधानमन्त्रीले बिहान दुवै पक्षका कार्यदल सदस्य समेतको सहभागितामा जसपा अध्यक्ष महन्थ ठ...