दाङका सञ्जय बुढामगर,ओखलढुंगाका राम खत्री,इलामका सन्तोष केरुङ रगोरखाका कुमार श्रेष्ठ ।रुसी सेनामा भर्ती भएका यी युवाले उद्धारका लागि दुई महिनादेखि नेपाल सरकारसँग गुहार माग्दा सहयोग नपाएको गुनासो गरेका छन् । ३० को समूहमा अब पाँच जना मात्रै बाँकी रहेको उनीहरूको भनाइ छ । तर दूरदराजबाट याचना गर्ने यी युवा मात्र होइन, परराष्ट्र मन्त्रालय नै धाएर परिवारजनले ताकेता गर्दा पनि नेपाल सरकारले उद्धारमा अर्थपूर्ण पहल गरेको छैन ।