निजी अस्पतालमा काम गर्ने मेडिकल अफिसरको न्यूनतम तलब ४२ हजार

निजी अस्पतालमा काम गर्ने मेडिकल अफिसरको न्यूनतम तलब तोकिएको छ। नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टच्युसन नेपाल (अफिन)को बैठकले मेडिकल अफिसरको न्यूनतम तलब ४२ हजार तोकेको हो।